वीरगन्जको मितेरी पुलमा धर्नामा बसेका संयुक्त मधेसी मोर्चाका कार्यकर्ता र भारतीय नागरिकबीच कुटाकुट भएको छ । भारतबाट सयौंको संख्यामा आएका नागरिकले लाठा र ढुंगा प्रहार गर्न थालेपछि धर्नामा बसेका मोर्चाका कार्यकर्ताबीच भागभाग मच्चिएको छ ।
नेपालतर्फ अड्किएका तीन दर्जन ट्रकलाई पारि जान दिन अनुरोध गर्न गएका भारतीय चालकको समूहलाई धर्नामा बसेको मोर्चाले नसुनेपछि भारतीय नागरिक लाठीसहित उत्रिएका हुन् । लाठीसहित भारतीय नागरिक उत्रिएपछि मोर्चाका कार्यकर्ता तितरबितर भएका छन् ।
भारतीय नागरिक लाठी र ढुंगामुढासहित उत्रिएपछि अहिले मितेरी पुल तनावग्रस्त बनेको छ ।
भारतबाट सयौंको संख्यामा नागरिक आएर आन्दोलनकारीले लाठी तथा ढुंगाले प्रहार गरेका थिए । झडपमा परी घाइते हुनेमा मदन यादव, रेखादेवि र शत्रुधन यादव रहेका छन् । झडपपछि त्यहाँ भागदौड मच्चिए पनि विस्तृत विवरण आउन बाँकी छ ।
यसअघि नेपाल र भारतबीच मोटरसाइकल चलेपनि दुवै देशका नागरिकले मोटरसाइकल आवतजावजसमेत ठप्प पारेका छन् ।




No comments: