पाँच वर्षभित्र विद्युतीय सवारीको हिस्सा २० प्रतिशत हुने ...



सरकारले पाँच वर्षभित्र काठमाडौं उपत्यकामा विद्युतीय सवारी साधनको संख्या २० प्रतिशत पुर्‍याउने भएको छ ।
इन्धन अभाव चर्किएपछि विद्युतीय सवारीको माग बढिरहे पनि कर छुट नहुँदा प्रयोग बढ्न नसकेको कारोबार दैनिकमा खबर छ ।अब सहुलियत दिएरै भए पनि यो लक्ष्य पूरा गर्न सकिने सरकारी अधिकारीको विश्वास छ ।
‘०७७ सम्म वातावरणमैत्री विद्युतीय सवारी साधनको संख्या कम्तीमा २० प्रतिशत पुर्‍याउने लक्ष्य लिएका छौं,’ यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले संसदको विकास समितिमा भने, ‘यो लक्ष्य पूरा गर्न सरकार कटिबद्ध छ, कार्ययोजना बनिरहेको छ ।’

No comments:

| Copyright © 2013 khabar chautari