- कञ्चनपुरको पश्चिमी सीमानाका गड्डाचौकीबाट भारतमा विक्रीका लागि लगिएका डेढ सय भन्दा बढि चेलीको उद्दार गरिएको छ । एक वर्षको अवधिमा उक्त नाकाबाट १ सय ५८ जनाको उद्दार गरिएको माइती नेपाल कञ्चनपुरले जनाएको छ ।
माईती नेपाल कञ्चनपुरले पत्रकार सम्मेलन गरी बार्षिक प्रतिवेदन सार्वजनिक गर्दै यस वर्ष नेपालमा भूकम्पपछि बेचबिखन बढेको र भूकम्पका कारण पश्चिमी सिमानाका मानव बेचबिखनको ‘ट्रान्जिट प्वाईट’ बनेको माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले बताइन ।
यस बर्ष गत वर्ष भन्दा ७२ जना बढि महिला तथा वालवालिकाको उद्दार गरिएका छन् । गत वर्ष माईती नेपाल कञ्चनपुरले गड्डाचौकी नाकाबाट ८६ जना उद्दार गरेको थियो ।
भूकम्प प्रभावित क्षेत्र सिन्धुपलान्चोक, नुवाकोट, काठमाण्डौ, लगायतका जिल्लाहरुका महिलाहरु बढि बेचबिखनको जोखिममा छन् । यस्तै माईती नेपाल कञ्चनपुरले भारतमा बेचिएका १५ जनाको उद्दार गरि घर पठाएको छ ।
मोवाइल फोनको, दुरुपयोग, गरिबी, अशिक्षा, देखासिखिका कारण पनि बेचबिखन जोखिम बड्दै गएको छ । १३ वर्ष देखि १८ बर्षभित्रका महिला बढि जोखिममा परेको पनि प्रतिबेदनमा उल्लेख छ ।
दलालले भूकम्प पीडितका परिवारलाई बैदेसिक रोजगारी दिने प्रलोभन देखाई भारत हुदै किर्गिस्तान र ओमान जाने भन्दै बिक्रि गर्ने योजना अघि सारेको समेत माइती नेपाल कञ्चनपुरले जनाएको छ ।




No comments: