भारतीय बाटो हुँदै करिब ७ बर्ष पहिले कुवेत आएकी नेपाली महिला डेढ बर्षदेखि मानसिक सन्तुलन गुमाई अचेत अवस्थामा कुवेतको अल सभा अस्पतालमा अलपत्र परेकी छन् ।
बंगाली नागरिकसँग रहँदै आएकी अनिशा बिक नाम गरेकी नेपाली महिला करिब डेढ बर्ष पहिले बंगाली नागरिकले मानसिक तथा शारीरिक यातना दिन थालेपछि बिष सेवन गरेको खुलेको छ । बिष सेवन गरेकी उनलाई अचेत अवस्थामा अस्पतालमा भर्ना गरिएको भएपनि अस्पतालमा उनका आफन्त कोही नगएकाले पहिचान नखुलेको पाइएको हो ।
अन्दाजी २३र२४ बर्षकी युवतीको पासपोर्ट नम्बर चेक गर्दा नाम र उनको स्पोन्सर साउदी नागरिक भएको पत्ता लागेको एनआरएनए कुवेतका उपाध्यक्ष झबिन्द्र बन्जाड़े (रवी बन्जाड़े) ले जानकारी दिएका छन । स्पोन्सर कुवेतमा भाडामा बस्ने भएकाले स्पोन्सर मुलुक फर्किएको हुनाले थप समस्या भएको छ । मानसिक सन्तुलन गुमेकाले स्पष्ट रुपमा आफ्नो विवरण बताउन सक्दिनन् ।
दाबी गर्ने व्यक्ति आए नेपाल फर्काउने वातावरण मिलाउने नेपाली दुतावास कुवेतले आश्वसन दिएको छ । कोही आफ्ना(आफन्त भए वा उनलाई चिन्नुहुने जो कोहीले छिटोभन्दा छिटो सम्पर्क गर्न पनि बन्जाड़ेले भनेका छन् । अहिले उनी न त आफ्नो जन्मस्थान बताउँन सक्छिन्, न त कोही चिनजानको मान्छेको नाम लिन सक्छिन् । उनी आफ्नो घर कहिले सिन्धुपाल्चोक भन्छिन्, त कहिले पाल्चोक भन्छिन । उनी केही बर्षदेखि इलीगल भईबसेकी थिइन ।




No comments: