किन बिष्फोट हुन्छन मोबाइल फोन ? कसरी अपनाउने साबधानी ???



अचेल मोबाइल फोन ‘हेल्लो यन्त्र’ मा मात्र
सीमित छैन । अनेक गेम,
संगीत, इन्टरनेट, भिडियो,
क्यामरालगायतका सुविधाले मोबाइल फोन
सेटको लोकप्रियता बढिरहेको छ । तर,
यसको प्रयोगमा सावधानी नअपनाउँदा फोन
बिष्फोट हुने लगायतका दूर्घटना हुने गरेका छन् ।
त्यसैले हरेक मानिसको आवश्यकताको साधन
भइरहेको मोबाइल सेट प्रयोगमा अपनाउन सकिने
केही सावधानी निम्न छन्ः
सकेसम्म ब्राण्डेड मोबाइल नै किन्नुस् ।
किन्नुअघि मोबाइल सेटमा आईएमईआई नम्बर छ
कि छैन, चेक गर्नुस् । यो नम्बर सेटको खास
पहिचान
एवं कोड हो । जुन
गुणस्तरियताको प्रतीक पनि मानिन्छ ।
साथै, मोबाइल सेटमा आउने अन्य एक्सेसरिजहरु
इयरफोन, ब्याट्री, चार्जरहरु
पनि परीक्षण गर्नुस् ।
मोबाइलको क्षमता अनुसार
ब्याट्रीको भोल्टेज छ कि छैन विश्लेषण
गर्नुस् ।
हामी मोबाइलमा बढी भोल्टेजको ब्याट्री होस्
भन्ने खोज्छौं, तर मोबाइलको आवश्यकता र
क्षमता विश्लेषण गर्दैनौं । कम
क्षमताको मोबाइलमा बढी क्षमताको ब्याट्री राख्दा पड्किने
खतरा रहन्छ ।
मोबाइल चार्जिङ अवस्थामा प्रयोग गर्दा पड्किने
खतरा रहन्छ । चार्जिङ
अवस्थामा मोबाइलको मदरबोर्डमा चाप
परिरहेको हुन्छ
। यो बेला फोन गर्दा मदरबोर्डमा परिरहेको चाप
असन्तुलित भई पड्किने खतरा रहन्छ ।
सस्तो खाले
मोबाइलमा कमसल पार्टपूर्जा रहने
हुँदा यस्तो खतरा बढी हुन्छ ।
त्यसैले मोबाइल चार्ज
गरिरहेको अवस्थामा कहिलेपनि फोन गर्नुहुँदैन ।
यदि फोन गर्नैपर्ने भए चार्ज छुटाएर मात्र
गर्नुपर्दछ । ब्याट्री पुरा चार्ज
भएपछि चार्जर छुटाउनु पर्दछ । कतिपय
ब्याट्री फुलेको पनि हुन्छ ।
त्यस्ता ब्याट्री यथासक्य छिटो परिवर्तन
गरी नयाँ जडान गर्नुपर्दछ ।
खासगरी चार्जिङ
अवस्थामा अन्तर्राष्ट्रिय फोन वा मिस्ड कल
आउँदा ‘कल बम्बिङ’ हुने गर्दछ । जब
ती फोन फर्काइन्छ तब यसले
केही समय लिन्छ ।
यही बेला पड्किने सम्भावना रहन्छ ।
कतिपय एन्ड्रोइडयुक्त स्मार्ट फोनमा रहने
मेलवेरको कारण पनि चार्जिङ अवस्थामा प्रयोग
गरिँदा मदरबोर्डमा चाप परी पड्किने
गरेको पाइएको छ ।
सस्ता मोबाइल सेट खतरापूर्ण हुन्छ ।
ती सेटमा गुणस्तरहीन
तथा चार्ज, ताप आदि क्षमता धान्न नसक्ने खाले
पार्टपूर्जा बढी हुन्छन् ।
ब्याट्री र इयरफोन पनि गतिलो हुँदैनन् ।
कामचलाउ गुणस्तरका ती मोबाइल
कालान्तरमा घातक हुने गर्छन् । बिग्रिरहने
तथा चार्ज, नेटवर्क, साउण्ड आदिको अनिश्चितताले
दिर्घकालीन खर्च पनि गराउँछ । त्यसैले
सकेसम्म अलि महुँगो नै परेपनि ब्राण्डेड मोबाइल
प्रयोग गर्नुपर्दछ ।
मोबाइलमा डाउनलोड गर्ने
बानी पनि कतिपयको हुन्छ ।
यो पनि घातक मानिएको छ । किनकी,
मोबाइलमा जडित
एन्टिभाइरसको क्षमता कम्प्युटरमा जत्तिको हुँदैन ।
त्यसैले सम्भव भएसम्म कम्प्युटरबाट डाउनलोड
गर्ने र मोबाइलमा सार्नु राम्रो हो ।
स्पष्ट पहिचान नभएका वाई फाईमा मोबाइल
नेटवर्क जोड्नु हुँदैन । ह्याकरहरुले
पनि वाईफाईमार्फत् चलखेल गर्नसक्ने खतरा हुन्छ
त्यस्तै, सार्वजनिक स्थानमा ब्लुतुथ कनेक्सन अफ
गर्नुपर्दछ । नत्र ब्लुतुथ खोलिएका अरुको मोबाइल,
तथा ल्यापटपहरुबाट खराब फाइल सर्ने र
आफ्नो मोबाइलको अपरेटिङ सिस्टम बिग्रिने
खतरा रहन्छ ।
मोबाइल फोन प्रयोग गर्दा सकेसम्म यसलाई
आफ्नो शरिरमा प्रत्यक्ष छुवाउनु हुँदैन ।
प्रत्यक्ष
छुवाउँदा शरिरको इलेक्ट्रोम्याग्नेटिक रेडियसन
सहनसक्ने क्षमता ह्रास हुन्छ । सम्भव
भएसम्म स्पिकर अन तथा वायरलेस ब्लुतुथ
टाउकोमा जडान गरी कुरा गर्नुपर्छ ।
लामो अवधि कुरा गर्नुछ भने ल्याण्डलाइन प्रयोग
गर्नु
उपयुक्त हुन्छ ।
शरिरमा प्रत्यक्ष स्पर्श हुने
गरी मोबाइल सेट
हरघडी नबोक्नुस् । घर, अफिस
आदिमा बस्दा मोबाइल टेबल वा सुरक्षित
ठाउँमा राख्नुहोस् । गोजीमा बोक्दा किप्याड
आफूतिर फर्काएको अवस्थामा रहनुहुँदैन ।
अन्यथा,
शरिरको इलेक्ट्रोम्याग्नेटिक शक्ति घट्दै जान्छ ।
सुत्दाखेरि मोबाइल सेट
सिरानी वा बिछ्यौनामा राख्नु हुँदैन ।
गर्भवती महिलालाई त मोबाइल नजिक
राखेर सुत्न प्रतिबन्धित नै गर्नुपर्छ ।
सुत्दा फ्लाइट
मोड वा अफलाइन मोडमा राख्न सके
इलेक्ट्रोम्याग्नेटिक
प्रसार नियन्त्रण गर्न सकिन्छ ।
नेटवर्क कम टिप्ने
अवस्थामा वा गाडी, टे«न
आदिमा हिंड्दा मोबाइल फोनको प्रयोग हानिकारक
हुन्छ ।
यदि मोबाइल सेट
पानीमा डुब्यो वा भिज्यो भने
सावधानी अपनाउनु पर्दछ ।
पानीबाट बाहिर निकाल्ने बित्तिक्कै
ब्याट्री निकाल्नु पर्छ । सिमकार्ड र
मेमोरी कार्ड पनि स्वीच
अफ
गर्नुपर्दछ । अब यी सबै
चीजलाई सावधानीपूर्वक
सुख्दा कपडाले पुछ्नुस् । पुरा नसुकेसम्म प्रयोग
गर्नुहुँदैन । धेरै भिजेको छ भने सुख्खा हुन १२
देखि २४ घन्टा लाग्न सक्छ ।
तर कतिपयले हतारोमा हेयर ड्रायरमा पनि सेकाउने
गर्छन् । तातो ड्रायरले मोबाइलको पार्टपूृर्जा पगाल्ने
तथा त्यसको बाफ मोबाइलभित्र प्रवेश
गरी झनै बिग्रिने खतरा रहन्छ ।
मोबाइल सेट मुखमा ‘होल्ड’ गर्ने
बानी हानिकारक हो । यो आदत नियमित
गरिँदा मुखमा ट्युमर पलाउने र सालिभा ग्ल्याण्ड
क्यान्सर रोग फैलिन सक्छ । साथै, माइग्रेन,
टाउको दुख्ने तथा अनिद्राको समस्या पनि आउने गर्दछ|

No comments:

| Copyright © 2013 khabar chautari