पुस ६ – चीनको शेनचेनमा गएको पहिरोमा पुरिएर ५९ जना बेपत्ता भएका छन् । दक्षिणी शहर शेनचेनमा पहिरो जाँदा ३० भन्दा धेरै घर ध्वस्त भएका छन् । त्यस क्रममा ५९ जना बेपत्ता भएको सरकारी अधिकारीले बताएका छन् । शेनचेनको औद्योगितक क्षेत्रमा ३० भन्दा धेरै भवन जमिन तथा फोहोरमा धसिएका छन् । यसरी जमिन तथा फोहोरमा धसिने भवन मध्ये दुई वटा आवसा भवन पनि रहेको जनाइएको छ । पहिलो जानु भन्दा पहिले नै धेरै मानिसलाई शेनचेनबाट सुरक्षित स्थानमा सारिएको थियो । सुरक्षति स्थानमा रहेका मानिसले धेरै मानिसमा पहिरोले पुरिएको तथा जमिनमा धसिएको बताएका छन् । उद्दारकर्मीले भने बेपत्ता भएका मध्ये केही मानिस जीवित हुन सक्ने भएकाले राहत तथा उद्दारको भइरहेको जनाएका छन् । पहिरोको कारण भने अहिलेसम्म स्पष्ट भएको छैन




No comments: