प्रेमिकाकै कारण चार सन्ताको हत्या...



मुगु, आफूले जन्माएका चार छोराछोरीको हत्या गरेर हराएको नाटक गर्ने ह्याङ्लु ६ रिगागाउँका नन्दबहादुर रोकायाले प्रेमिकाकै कारण नाबालक चार छोराछोरीको कोदालोले हानेर हत्या गरेको खुलेको छ ।
असोज ९ गते हराएका भनी नाटक गरेका रोकायाले सोही दिन बिहान चार बजे पत्नी पिरल (सल्लाको पात) लिन जंगलमा गएको मौका छोपेर सुतिरहेका चारै छोराछोरीलाई उनले खरीको फल खाने भन्दै ओछ्यानबाट उठाएर घरदेखि १ सय मिटर टाढा रहेको बारीमा लगरे कोदालेले हिर्काएर हत्या गरेको स्रोतले बताएको छ ।
उनले नौ वर्षीया छोरी सुन्तली, ६ वर्षका छोरा युवराज, ४ वर्षकी छोरी विपना र दुई वर्षका छोरा दीपकलाई हत्या गरेर बारीको डिलमा खाल्डो खनेर पुर्नुको कारण प्रेमिका रहेको स्रोतको दाबी छ ।
बिहान ४ बजे पिरल लिन गएको २५ वर्षीया बाँचु रोकाया बिहान ९ बजे घर फर्किएर छोराछोरी कता गए ? भनेर सोधेपछि नन्दबहादुर ले बज्यैसंग छन् की कतै गाउँमा छन् भनेर जवाफ दिएका थिए । अबेर रातिसम्म छोराछोरी घर नआएपछि सबै गाउँलेलाई खबर गरिएको थियो । घरमा जम्मा भएका गाउँलेले १० गते विहान सुकाढिक प्रहरीलाई जानकारी गरिएको थियो । प्रहरी र गाउँले मिलेर खोजतलास गर्दा नभेट्टिएपछि छोराछोरीको आश मारेको बाँचुले बताइन् ।
प्रहरीले बारीको डिलमा झिंगा भन्किएको देखेपछि खोतल्दा ख ाल्टोमा पुरिएको अवस्थामा बालबाििलका भेटिएका थिए । प्रहरीले रोकायालाई नियन्त्रणमा लिएको छ ।
उनकी श्रीमति बाँचुले भनिन्– ‘घरमा हुँदा छोराछोरीलाई असाध्यै माया गर्थे । कहिल्यै बच्चालाई पिटेको देखेकी थिइन । मलाई पनि राम्रै व्यवहार गर्थे, पढाइका लागि सुदूरपश्चिम गएका थिए । त्यहाँबाट फर्किएर आएपछि घरमा हुँदा पनि एक्लै बस्दा पनि लामो समय फोनमात्रै गरिहन्थे । छोराछोरीको हत्या गर्नुको कारण उसकी केटी हो ।’

No comments:

| Copyright © 2013 khabar chautari