रामेछाप । कात्तिक २६ चौध महिनादेखि कतारको अस्पतालमा रहेका रामेछापको मन्थली–२ का गौतम श्रेष्ठलाई घर फर्काउन सहयोग गरिदिन परिवारले आग्रह गरेको छ । २०७० सालमा कतार गएका गौतम ६ महिनापछि काम गर्दा गर्दै ढल्नुभएको थियो ।
‘केही महिना त बेहोस नै हुनुभयो रे अहिले चाहिँ होस त आएको छ रे तर बोल्न सक्नुहुन्न रहेछ ’ श्रीमती सीताले भन्नुभयो ‘१४ महिना भयो आवाज सुन्न पाएको छैन ।’ कामका लागि जाँदा महिनाको ११ सय पाउने सम्झौतामा हस्ताक्षर गरेपनि २५ सय पाउने मौखिक सम्झौतामा उहाँ कतार उड्नुभएको थियो । सुरुमा नेपालकै मौखिक सम्झौता अनुसार तलब पाएकाले ३ महिनामै एक लाख रुपैयाँ पठाउनुभएको थियो उहाँले । तर ६ महिनापछि भने तलब घटेको भन्दै गौतमले फोनमा गुनासो गर्ने गरेको श्रीमती सीताले सुनाउनुभयो ।‘उहाँले दिउँसो बाहिर घाममा काम गर्दा गाह्रो भएको र धेरै टाउको दुख्न थालेको छ भन्नुहुन्थ्यो’ सीता भन्नुहुन्छ ‘यस्तो भनेको सुनाएको केही समयमै बेहोस भएर ढलेको खबर आयो ।’ उहाँलाई कम्पनीले हमाद हस्पिटलको आइसियुमा झण्डै दुई महिना राखेपछि अहिले रोवेला हस्पिटलमा राखिएको छ । कतारको हस्पिटलमा अहिले गौतमको हेरविचार रामेछापकै रामहरि सेन्चुरीले गरिरहनुभएको छ । उहाँका अनुसार खानाका लागि गौतमको घाँटीमा पाइप जडान गरिएको छ । अहिले श्रेष्ठलाई नेपाल ल्याउन पहल भइरहेको छ ।‘दुई महिना अगाडी नेपाल पठाउने तय भइसकेको थियो’ रामहरि सेन्चुरीले दिएको जानकारी श्रीमती सीताले सुनाउनुभयो ‘तर हस्पिटलको रिपोर्ट र कम्पनीले दिने आर्थिक सहयोगको कागजात नमिलेकाले हस्पिटलले डिस्चार्ज गरेको छैन ।’गौतमलाई नेपाल फर्काउन सहयोग गरिदिन आग्रह सहित सुरक्षित आप्रवासन परियोजना सामी अन्तर्गत मन्थलीमा रहेको सुचनाकेन्द्रमा परिवार आग्रह गरेपछि अहिले केन्द्रले पनि उहाँलाई नेपाल ल्याउन पहल गरिरहेको सूचना केन्द्रले जनाएको छ ।

No comments: