बान कि मुनले भनेः ‘सीमा नाकामा भइरहेको अवरोध तत्काल हटाउ’...



संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले नेपाल–भारत सीमा नाकामा भइरहेको अवरोध तत्काल हटाउन आग्रह गरेका छन् ।
स्वतन्त्र पारवहन नेपालको अधिकार भएको भन्दै महासचिव बानले सीमा नाकामा भइरहेको अवरोधप्रति चिन्ता व्यक्त गरेका हुन ।
यसअघि कार्तिक अन्तिम साता पनि
महासचिव बानले नेपालको स्वतन्त्र पारवहन अधिकार हनन भएको उल्लेख गर्दै आपूर्ति नरोक्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका थिए ।
महासचिव बानले विज्ञप्ति निकाली नेपाल–भारत सीमामा रहेको अवरोध तत्काल हटाउन र औषधिलगायतका अत्यावश्यक सामान आयात नियमित गर्न आग्रह गरेका हुन ।
औषधिजस्तो अत्यावश्यक वस्तुको आयातमा भएको अवरोधका कारण मानवीय सहायता तथा उपचारमा नै समस्या परेकोप्रति महासचिव बान चिन्तित छन, महासचिव बानका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
महासचिव बानले वार्ता र संवादको माध्यमबाट समस्याको समाधान खोज्न पनि सबै पक्षसँग आग्रह गरेका छन् । लोकतान्त्रिक, समावेशी, शान्तिपूर्ण एवं सम्मृद्ध भविष्य निर्माणको प्रयासमा राष्ट्र संघले नेपाललाई सधै समर्थन गर्ने उहाँले दोहोर्याएका छन् ।

No comments:

| Copyright © 2013 khabar chautari