सोलुखुम्बु चौलीखर्चकी एक गर्भवती महिलाले हेलिकोप्टरमै बच्चा जन्माएकी छन् । दुई दिनदेखि बिरामी खत्री थरकी ती महिलाले बच्चा जन्माउन नसकेपछि सिम्रिक एयरको हेलिकोप्टर उद्धारका लागि सोमबार बिहान त्यसतर्फ गएको थियो ।
हेलिकोप्टर बिरामी लिएर उपचारका लागि काठमाडौं आउँदै गर्दा जिरी नजिक आइपुगेपछि उडिरहेकै बेला बच्चा जन्मिएको थियो । हेलिकोप्टरका क्याप्टेन विवेक खड्काले भने,‘उड्दै गरेको बेला पछाडिबाट केही भनेजस्तो लाग्यो । मैले हेडसेट दिएर लगाउन भने र के भो भनेर सोधेँ, उहाँले बच्चा जन्मियो भन्नुभयो ।’
बच्चा जन्मिएपछि सुत्केरी महिलाका पति र अर्की एक आफन्तलाई हेलिकोप्टर बीच बाटोमै अवतरण गर्ने कि भनेर खड्काले सोधेका थिए । ‘उहाँहरुले काठमाडौं नै लैजाने भनेपछि मैले काठमाडौं पुर्याए,’ उनले भने ।




No comments: