छोराछोरीले बाटो हेरिरहेका जीवन साउदीको एयरपोर्टमै ढले...



१३ वर्षपछि साउदीबाट फर्किन लागेका बुबालाई लिन काठमाडौं आएका नवलपरासी देबचुली १५ का सन्दिप थापाले बुबाको मृत्युको खवर सुन्नुपर्यो । बुबा घर आउने भनेर थाहा पाएका छोराछोरीले अब कहिल्यै बाबा देख्न नपाउने समाचार पाएका छन् ।साउदीमा १३ वर्ष ड्राइभरको काम गरेर नेपाल फर्किन लागेका ४५ वर्षका जीवनबहादुर थापाको त्यहीँका ेएयरपोर्टमै ज्यान गएको हो । ‘फोन गर्दा त्यति कमाइ छैन भनिरहनुहुन्थ्यो’ सन्दिपले भन्नुभयो ‘एक महिनाअघि बिरामी छु त्यसैले घर फर्किँदैछु भनेर आउने दिन भन्नुभएको थियो ।’ बिरामी हुँदा पनि साहुले पछि जालास् भनेको र आउन खर्चसम्म पनि नभएको बताएपछि परिवारले नेपाल फर्किन खर्च ८० हजार रुपैयाँ पठाएपछि उहाँले नेपाल फर्किन मिति पक्का गर्नुभएको थियो ।
सानैमा छोडेर गएका बुबालाई देख्न आतुर भएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका सन्दिपले त्यो दिन त के कहिले पनि भेट्न नपाउने हुनुभयो । जीवन आउने आशामा बसेको उहाँको परिवार अहिले शव पर्खिरहेको छ । जीवनको शव अहिले अस्पतालमा राखिएको र सामान नेपाली दुतावासमा पुर्याइएको जीवनका साथीले जानकारी दिएका छन ।
एक महिना हुन लाग्दा पनि शव नेपाल नआएपछि परिवारले शब ल्याउन पहल गरिदिन हिमालयन सामुदायिक विकास मञ्च हिकोडेफमा निवेदन दिएका छन् । प्रवासी नेपाली समन्वय समितिमार्फत शव ल्याउने प्रक्रिया अगाडि बढेको सूचना तथा परामर्श केन्द्र कावासोतीले जनाएको छ ।

No comments:

| Copyright © 2013 khabar chautari