मलेसियामा एक नेपाली युवकको रहस्यमय मृत्यु, परिवार द्वारा हत्याको आशंका...


मलेसियामा एक नेपाली युवकको मृत्यु भएको छ । बाँके समशेरगंज - ७ , हवाल्दारपुर घर भएका अनुप थापा क्षेत्रीको रहस्यमय मृत्यु भएको हो।
२ बर्ष अघि कामको सिलसिलामा मलेसिया गएका क्षेत्रीको मृत्यु भएको परिवारका सदस्यहरुले बल्ल मंगलबार थाहा पाएका छन् । उनीसंगै मलेसियामा बस्ने साथीहरुले तिहारताका नै उनको मृत्यु भएको जनाएका छन् । पौडी खेल्ने क्रममा उनको डुबेर मृत्यु भएको साथीहरुले जनाएको परिवार ले बताएका छन् । तर उनको लाशको प्रकृति हेर्दा र साथीहरुको अस्पष्ट कुराले क्षेत्रीको हत्या नै भएको परिवारका सदस्यले बताएका छन् ।
सुरुमा मलेसिया जादा जेसीवाई कम्पनिमा कार्यरत क्षेत्री त्यसपछि अन्य २ कम्पनीमा काम गर्न थालेको जनाईएको छ । अहिले संगै बस्ने साथीहरुसंग उनको ठेगाना नभएका कारण जानकारी दिन ढिलो गरेको बताएता पनि परिवारका सदस्यले घटना रहस्यमय भएको जनाएका छन् ।
क्षेत्रीको लास अहिले मलेसियाकै एक अस्पतालमा रहेको र नेपाल फर्काउन पहल गरिदिन हुन परिवारले सम्बन्धित निकायसंग अपील गरेका छन् । मंगलबार बल्ल जानकारी पाएको परिवारले अन्य केहि अरु जानकारी नपाएको हुदा के कसो गर्ने केहि थाहा नभएको बताएका छन् ।

No comments:

| Copyright © 2013 khabar chautari