नेपालमा सेवा गर्दै आएकी म्यागी बनिन् सिएनएन हिरो....


नेपालमा समाज सेवा गर्दै आएकी अमेरिकी युवती म्यागी डोयन सन् २०१५ सिएनएन हिरो विजेता बनेकी छिन्। सीएनन् हिराे २०१५ का अन्तिम १० मा परेका प्रतिस्पर्धीमध्ये भाेटिंगका अाधारमा डियाेन एक लाख अमेरिकी डलर बराबरकाे अवार्ड जित्न सफल भएकी हुन्।
अमेरिकाको न्युजर्सीकी स्थायी बासिन्दा उनले सुर्खेतमा सन् २०१० कोपिला विद्यालय स्थापना गरी गरिब तथा असाय बालबालिकालाई अध्ययनको अवसर दिएकी थिइन्। सो विद्यालयमा सुरुमा २५० भन्दा बढी विद्यार्थी अध्ययनरत थिए।
सन् २०१३ मा उनले कोपिला उपत्यका महिला केन्द्र स्थापना गरी महिलाहरुलाई सीप विकासको तालिम दिँदै आएकी छिन्। डियोन र उनको टोली अहिले नर्सरीदेखि कक्षा १२ सम्मको लागि स्थायी र सुविधासम्पन्न भवन निर्माणका लागि काम गरिरहेको छ।
सीएनएन हिराे २०१५ घाेषित भएपछि उनले छोरीको रुपमा नेपाल र नेपालीले आफूलाई स्वीकारेकोमा हर्षविभोर हुँदै धन्यवाद दिइन्।
'यदि तपाइँले १८ वर्षकी हुँदा मलाई कसैले ५० बालबालिकाकी आमा हुन्छौ भनेको भए मैले तपाइँलाई पागल भन्ने थिएँ। र म अहिले त्यस्तै छु। मेरा बालबालिकाहरुलाई म धेरै माया गर्छु। कहिलै नबिर्सनु कि म तिमीहरुलाई असाध्यै माया गर्छु', डियोनले भनिन्, 'नेपाललाई पनि धन्यवाद दिन चाहन्छु जसले मलाई छोरीको रुपमा स्वीकार्यो र स्वागत गर्यो।'

No comments:

| Copyright © 2013 khabar chautari