सप्तरी गोलीकाण्डः घाइतेको अवस्था गम्भीर, कसैका हात काटिए, कसैका आँखा झिकि....



सप्तरीको भारदह र रुपनीमा शनिबार राति प्रहरीसंगको झडपमा गोली लागेर घाइते भएकाको अवस्था गम्भीर भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सोमबार विज्ञप्ति जारी गर्दै विरामीको स्थिति सार्वजनिक गरेको हो ।
प्रतिष्ठानमा ल्याइएका १२ मध्ये ८ जनाको हाडजोर्नी, नाक, कान घाँछी, आँखा र टाउकोको अवस्था गम्भीर रहेको छ । अस्पताल प्रशासनद्वारा सार्वजनिक गरिएको अवस्थाअनुसार गोली लागेकामध्य सुरेन्द्र यादव र श्रवणकुमार झाको हाडजोर्नीसम्बन्धी शल्यक्रिया एक्सटर्नल फिक्सेसन र जहरु साहको बाउन्ड डेब्रिडेमेन्ट गरिएको छ ।
गोलीले स्पाइनलकडमा क्षति पुगको भुवनेश्वर मण्डलको अति सिकिस्त अवस्था भए पनि ज्यान बचाउन एक्सप्लोरेटरी ल्याप्रोटोमी र लुप इलिओस्टोमी र सबै शल्यक्रियासम्बन्धी समस्या भएका अकबर अलीको एक्स्प्लोटोरी गरिएको छ । नाक कान, घाँटीसम्बन्धी समस्या भएका राजेश यादवको सफ्ट प्लेट इन्जरी रिपेयर गरिएको र छातीबाट छिरेको गोली निकालिएको छ ।
उनको बायाँ बोन फेक्चर भएको छ । उनको बाँया आखा पनि निकालिएको छ । रघुको अवस्था निकै गम्भीर भएकाले आईसीयूको मेकानिकल भेन्टिलेटरमा राखिएको छ । प्रतिष्ठानमा ल्याइएका रामेश्वर यादाव, शत्रुघन राय, अमरेन्द्य्र झा र ामगमन साहको उपचारपछि डिस्चार्ज गरिएको र गम्भीर घाइते ८ जनाको उपचार भइरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

No comments:

| Copyright © 2013 khabar chautari