उत्तर अमेरिकी मुलुक क्यानडाको नेभी (जलसेना)को उच्च तहमा पहिलो नेपाली प्रवेश गरेका छन् ।
तीन प्रकारका सैन्य सेक्सनमध्ये जलसेनाको लेफि्टनेन्ट तहमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ हात्तीलेटका बासिन्दा सुधीरजंग पाँडे काम गरिरहेका छन् । दीपेन्द्र प्रहरी विद्यालयबाट एसएसली र रसियाबाट इन्जिनियरिङ गरेका ४१ वर्षका पाँडे २९ वर्षको उमेरमा क्यानडाको प्रहरी सेवामा प्रवेश गरेको नेपाल समाचारपत्र मा खबर छ ।
त्यसपछि सन् २००५ मा सिभिल प्रहरी फोर्समा भर्ती भएका उनी त्यसको तीन वर्षपछि सेनातिर आकषिर्त भएका हुन् ।




No comments: