फ्रान्सको पेरिसमा अन्धाधुन्ध गोली प्रहार र विस्फोट, एक सय २० बढी मारिए..



फ्रान्सको राजधानी पेरिसमा अन्धाधुन्ध गोली प्रहार र विस्फोटमा परी एक सय २० जनाभन्दा बढी मारिएका छन् ।
अन्धाधुन्ध गोली प्रहार र विस्फोटनमा एक सय २० जना मारिनुका साथै ६० जनालाई बन्धक बनाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
यद्यपि, डेली मेलले
भने मारिनेको संख्या १४२ रहेको दावी गरेको छ । बन्धक बनाइएकाको संख्या एक सयसम्म हुनसक्ने जनाइएको छ ।
पेरिसको बटाक्लान आर्ट सेन्टरनजिक आक्रमणकारीले अन्धाधुन्ध गोली प्रहार गरेका थिए । जर्मनी र फ्रान्सको मैत्रिपूर्ण फुटबल भएको नेशनल स्टेडियमको बाहिर कम्तिमा दुई वटा बिस्फोट गराइएको छ ।
बिस्फोट भएका बेला खेल चलिरहेको थियो । फ्रान्सेली राष्ट्रपति फ्रास्वा ओल्यान्ड पनि उक्त समयमा रंगशालामै खेल हेरिरहेको र उनलाई बिस्फोट लगतै सुरक्षित बाहिर निकालिएको थियो ।
आक्रमणमा ६ जना भन्दा बढी आक्रमणकारी संलग्न रहेको जनाइएको छ । प्रहरीले उद्दार र राहतका साथै आक्रमणकारीको खोजी गरिरहेको छ भने सरकारी अधिकारीले नागरिकलाई आफ्नो घर भित्रै बस्न आग्रह गरेका छन् ।
राष्ट्रपति ओलाण्डले मुलुकमा संकटकालको घोषणा गर्दै सीमा बन्द गर्न आदेश दिएका छन् । । राजधानी पेरिसमा सैनिक परिचालन गरिएको छ ।
आक्रमणमा विद्रोही संगठन इस्लामिक स्टेटको संलग्नता हुन सक्ने आशंका गरिएपनि पुष्टि भने भएको छैन । घटनाको अन्तर्राष्ट्रिय समुदायले निन्दा गर्दै फ्रान्सलाई जुन कुनै प्रकारको सहयोग गर्न तयार रहेको जनाएका छन् ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले आक्रमणलाई कायरतापूर्ण भन्दै निन्दा गरेका छन् ।
ओबामाले यो आक्रमण मानवतामाथिको आक्रमण भएको र अमेरिका फ्रान्सको साथमा रहेको बताएका छन् ।
यस्तै बेलायतका प्रधानमन्त्री डेभिड क्यामरुनले पेरिसमा भएको घटनाबाट आफू स्तब्ध भएको भन्दै बेलायत फ्रान्सलाई जुनसुकै सहयोग गर्न तयार रहेको बताएका छन् ।

No comments:

| Copyright © 2013 khabar chautari